हेटौंडा| दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउने भएका छन् । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा जान लागेको पूर्वसन्ध्यामा लू नेपाल आउन लागेका हुन् ।
नेपाल भ्रमणका क्रममा मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र परराष्ट्रमन्त्री एनपी साउदलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।
लूले अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेट्ने नेपालस्थित अमेरिकाको राजदूतावासले जनाएको छ ।
लू केही दिनदेखि भारत, बंगलादेश र श्रीलंकाको भ्रमणमा निस्केका हुन् । सोही क्रममा उनी नेपाल आउन लागेका हुन् । लू यसअघि दुई पटक नेपाल आइसकेका छन् ।
सेयर गर्नुहोस्