पाकिस्तानविरुद्ध नेपालको निराशाजनक प्रदर्शन

हेटौंडा टुडे
२९ असार २०८०, शुक्रबार १२:५२

हेटौंडा । श्रीलंकामा सुरु भएको एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ।

पाकिस्तानविरुद्ध पहिले ब्याटिङमा नेपालले १६ ओभर मात्रै खेलेको अवस्थामा ८ विकेट गुमाइसकेको छ।

समूह चरणमै बलियो टोलीको सामना गरेको नेपालले केबल १६ ओभर खेलेर ७२ रन जोड्दैमा ८ विकेट गुमाएको हो।

पाकिस्तानविरुद्धको खेलमा नेपाली दुवै ओपनर चल्न सकेनन्। नेपाली ओपनर कुशल भुर्तेल ६ बल खेल्दै १ रनमा आउट भए।

त्यसपछि अर्का ओपनर आशिफ शेख पनि १२ बलमा १२ रन मात्रै जोडेको अवस्थामा पबेलियन फर्किए। उनले त्यसक्रममा ३ चौका हाने।

त्यस्तै तेस्रो क्रममा आएका अर्जुन साउद पनि २० बलमा १७ रन बनाएर आउछ भए। उनले २ चौका र १ छक्का हाने।

कप्तान रोहित पौडेलको प्रदर्शन पनि निराशाजनक रह्यो। उनले ४ बलमा केबल ४ रन मात्रै जोड्न सके।

भीम सार्कीले ४ बल सामना गरे पनि खाता नै नखोली आउट भए। उता कुशल मल्लले १८ बल खेलेर १७ रन जोड्दै बिदा भए।

त्यसैगरी पवन सर्राफ पनि ४ बलमा १ रन खेलेर आउट भए। नेपालका गुलशन झा पनि १९ बलमा १३ रन बनाएर बाहिरिए।

अहिले क्रिजमा सोमपाल कामी र प्रतिस जिसी छन्। सोमपालले ८ बलमा १ रन बनाउँदा प्रतिशले २ बल खेलेर खाता खोलिसकेका छैनन्।

कसिलो बलिङ गरेको पाकिस्तानका लागि मोहम्मद वासिमले ६ ओभरमाा ३३ रन दिँदै ४ विकेट लिए। अर्का बलर शाहनवाज धाहानीले ६.१ ओभर बलिङ गर्दै १४ रन दिएर ४ विकेट लिएका छन्।

यो प्रतियोगितामा नेपाल समूह बी मा छ। जहाँ भारत र पाकिस्तानसँगै यूएई पनि छन्। असार २८ गतेदेखि प्रतियोगिता सुरु भएको हो। दोस्रो दिन  आज नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गरेको हो।

पाकिस्तानको सामना गरेपछि नेपालले क्रिकेटको पावरहाउस भारतसँग भिड्ने तालिका छ। भारतको टिम एसँग नेपाली टोलीले साउन १ गते खेल्नेछ।

दुई बलिया टोलीसँगको खेलपछि नेपाल र यूएई साउन ३ गते आमनेसामने हुने छन्। यदि चार टोली रहेको समूहबाट शीर्ष दुईमा पर्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ।

अर्को समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। यो समूहबाट पनि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image