
हेटौंडा| एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ‘ए’ लाई १ सय ८० रनको लक्ष्य दिएको छ ।
श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो ।
नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाए । उनी १ सय १ बलमा ७५ रन बनाएर आउट भए ।
यस्तै नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४ तथा भीम सार्की शून्य, पवन सर्राफ १, कुशल मल्ल १७, गुसलन झा १३ र प्रतिस जिसी २६ रनमा आउट भए । ललित राजवंशी १ रनमा अटआउट भए ।
पाकिस्तानका शहनवाज दहानीले ५, मोहम्मद वसीम जेआरले ४ र मुबसिर खानले १ विकेट लिए ।


सेयर गर्नुहोस्