हेटौंडा| प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्नेछन् ।
बैठकमा प्रस्ताव माथिको परेको संशाेधनलाई निर्णायार्थ प्रस्तुत गर्ने र विधेयक पारितका लागि निर्णायार्थ प्रस्तुत गरिनेछ ।
त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सेयर गर्नुहोस्