परराष्ट्रमन्त्री आज थाइल्याण्ड जाँदै

हेटौंडा टुडे
३१ असार २०८०, आईतवार १२:०१

हेटौंडा  |  परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जाँदै छन् । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन उनी आज त्यसतर्फ जान लागेका हुन् ।

परराष्ट्र साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १ः३० बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । उनी सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भएर मंगलबार स्वदेश फर्कनेछन् ।

बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय संगठन हो । प्रारम्भिक रूपमा यो संगठन ‘बिस्टेक’ (बंगलादेश-भारत-श्रीलंका-थाइल्याण्ड आर्थिक सहयोग) को रूपमा थियो । सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भइ यो संगठन अब बिमस्टेकको रूपमा चिनिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*