हेटौंडा| नेपाल आयल निगमले भारतबाट पेट्रोलको मूल्य घटेर तथा डिजेलको बढेर आएको जनाएको छ। निगमका अनुसार शनिबार साँझ आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य लिटरमा ३४ पैसाले घटेको छ भने डिजेलको मूल्य २ रुपैयाँ बढेर आएको छ ।
अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।
आईओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्य निर्धारण गर्नेबारे निर्णय गर्ने निगमको तयारी छ ।
सेयर गर्नुहोस्