पेट्रोलमा ६, डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्यो

हेटौंडा टुडे
१ श्रावण २०८०, सोमबार ११:३९

हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेसँगै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरू गर्ने निर्णय गरेको थियो।
योसँगै स्वचालित प्रणाली अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ र डिजेल र मट्टितैलमा प्रतिलिटर ४ रूपैयाँ घट्नेछ भने एलपी ग्यासमा प्रतिसिलिण्डर १० रूपैयाँ घटाइएको छ।भारतबाट मूल्य घटेर आएकोले स्वचालित प्रणाली अनुसार मुल्य घटेको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image