हेटौडा। मकवनपुरका केही स्थानीय तहले आजबाट लागू हुने गरी मादक पदार्थ तथा सुर्तीजन्य पदार्थहरूमा प्रतिबन्ध लगाएको छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाले सुर्तीजन्य पदार्थहरुमा प्रतिबन्ध लगाएको हो ।जिल्लाको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको हो ।
यस्तै, मनहरी गाउँपालिकाले बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाएको छ भने बकैया गाउँपालिकाले पालिकाभित्र मादक पदार्थको जथाभावी प्रयोग र सूर्तीजन्य पदार्थको प्रयोग र बेचबिखनमा प्रतिबन्ध लगाएको हो ।
ती पालिकाहरुको निर्देशन नमाने, बेवास्ता गरे कानून बमोजिम कारबाहीका साथै नगदसहित जरिवाना गरिने जनाइएको छ ।
सेयर गर्नुहोस्