सुनको भाउ स्थिर

हेटौंडा टुडे
२ श्रावण २०८०, मंगलवार १२:२२

हेटौंडा| नेपाली बजरमा आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमै कारोबार भईरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ६९ रुपैयाँ पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image