हेटौंडा । हेटौंडा अस्पतालमा २ वटा डाइलासिस मेसिन थपिएको छ । हेटौंडा उपमहानगरपलिकाले डाइलासिस सेवालाई थप प्रभावकारी बनाउन अस्पतालमा २ वटा डाइलासिस मेसिन थप गरेको हो ।
आरोग्य फाउण्डेसनले हेटौंडा ११ चुरेहिल अस्पतालमा सञ्चालन गरेको २ डायलासिस मेसिन किड्नीका बिरामीलाई लक्षित गर्दै उपमहानगरले हेटौंडा अस्पतालमा थप गरेको हो । चुरेहिलमा डाईलासिस उपचार बन्द भएपछि मेसिनलाई प्रयोगमा ल्याउन उपमहानगरले फाउण्डेसनसँगको सहकार्य सोमबार हेटौडा अस्पतालमा सञ्चालन हुने गरी थप गरिएको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।
डायलासिस मेसिन बन्द हुँदा चुरेहिलमा उपचार लिर्दै आएका किड्नीका बिरामी सेवा बाट बञ्चित हुनुका साथै डायलासिस सेवा लिन बाहिर जिल्लाका अस्पतालमा जानुपर्ने बाध्यता रहेको थियो । उपमहानगरको पहल पछि उनिहरुले उपचार सेवा हेटौंडामै पाउने हेटौंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर रामचन्द्र सापकोटाले बताए ।
नगर प्रमुख लामाले निजी तथा सामाजिक संस्थाहरुको सहयोगमा उपमहानगरले सुरु गरेको डाइलासिस सेवालाई थप प्रभाकारी बनाउँ लानु पर्ने बताइन् । स्वास्थ्य र शिक्षाको अवस्था जिल्लामा सुधारउन्मुख रहेकाले त्यसको व्यवस्थापनमा उपमहानगर लाग्ने बताइन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाईंले खानपान र औषधीजन्य पदार्थको सेवनमा ध्यान नदिँदा किड्नीका बिरामीको संख्या अधिक मात्रमा बढेको बताए । उनले रोगको उपचार भन्दा पनि त्यसको निरुत्साहनको पाटोमा ध्यान दिनु आवश्यक रहेको बताए । उनले स्थानीय तहले गरेको काममा प्रशासनले सहयोग गर्ने बताए । हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंले हेटौंडा डायलासिसबाट हप्तामा १ सय १० जनाले सेवा दिनुपर्ने अवस्था रहेको बताए । अहिले हेटौंडा डाइलासिस्मा १३ वटा मेसिनबाट उपचार हुँदै आएको छ भने एक मेसिन मर्मतको क्रममा रहेको अस्पतालले जनाएको छ ।