मनहरी गाउँपालिकामा गुुट्खाजन्य पदार्थ निषेध गर्न ‘अल्टिमेटम’

हेटौंडा टुडे
२ श्रावण २०८०, मंगलवार २१:३४

हेटौंडा। मनहरी गाउँपालिकाले गुट्खाजन्य पदार्थ निषेध गर्न श्रावण १५ गतेसम्मको अल्टिमेटम दिएको छ । सोमबार कार्यालयले एक सुचना जारी गर्दै श्रावण १५ गते सम्ममा गुट्खाजन्य पदार्थको मौज्दात शुन्य गराउन व्यवसायीहरुलाई आग्रह गरेको हो । बढ्दो रुपमा गुट्खाजन्य पदार्थको सेवनका कारण मानीसको शरीरमा हानी हुने भएकाले यसलाई निषेध गरीएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो । गाउँपालिकाले चालु आ.व २०८०/८१ को वार्षीक नीति तथा कार्यक्रममै सो कुरा समेटेर गुट्खाजन्य पदार्थ मुक्त गाउँपालिका निर्माण गर्ने लक्ष्य हो । श्रावण १५ गतेपश्चात गाउँपालिकाभित्रका कुनै पनि पसलहरुबाट गुट्खाजन्य पदार्थको विक्री तथा वितरण गरिएमा सामाग्री जफत गरीने र कानुन वमोजिम कारवाहि गरीने अध्यक्ष कालाखेतीद्धारा हस्ताक्षर गरीएको सुचनामा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*