हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणमा जाने भएका छन् । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको हो ।
बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधि मण्डल इटाली जान लागेको जानकारी दिएकी हुन् ।
प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुनेछन् ।
प्रधानमन्त्री दाहाल साउन ६ गते बेलुका इटली प्रस्थान गर्ने र एक हप्तापछि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
सेयर गर्नुहोस्