८० किलोभन्दा माथिको सुन बरामद , ६ जना पक्राउ

हेटौंडा टुडे
४ श्रावण २०८०, बिहीबार १०:२६

हेटौडा। राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुन ओसारपसारमा संलग्न ६ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, एक ट्याक्सी चालक र थप दुई जनालाई राति नै राजश्व अनुसन्धान विभागले पक्राउ परेको हो । विमानस्थल पास भई विमानस्थल भन्सार गेट अघिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला सुन बरामद भएको थियो ।
बरामद गरिएको सुन ८० देखि १०० किलो भएको अनुमान गरेपनि आज तौल गर्न लागेको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । सुन हङ्कङबाट आएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*