मनहरी गाउँपालिकाले सामुदायीक विद्यालयका शिक्षकहलाई मासीक रुपमा तलव उपलव्ध गराउने

हेटौंडा टुडे
५ श्रावण २०८०, शुक्रबार ११:३९

हटौंडा| मनहरी गाउँपालिकाले सामुदायीक विद्यालयका शिक्षकहरुलाई मासीक रुपमा तलव उपलव्ध गराउने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ देखि नै सामुदायीक विद्यालयका शिक्षकहरुलाई मासीक रुपमा तलव उपलव्ध गराउने भएको हो ।

यसअघि त्रैमासीक रुपमा संघिय सरकारको ससर्त अनुदानबाट तलव भत्ता खाने शिक्षकहरु ( दरवन्दी राहत अनुदान कोटाका शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारी ) लाई गाउँपालिकाले मासीक रुपमै तलव भत्ता उपलव्ध गराउने नीति ल्याएको शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

गाउँपालिकाले ठुलो लगानी गरेको शिक्षा क्षेत्रमा शिक्षकरुको मनोबल वृद्धि र प्रोत्साहनका लागि पनि यो कदम अघि सारीएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो । “जबसम्म शिक्षकको आवश्यकता परिपुर्ती र उनीहरुको श्रमको उचीत मुल्यांकन हुँदैन, तबसम्म शिक्षामा परिवर्तन सम्भव छैन”, शिक्षा समितीका संयोजक समेत रहेका अध्यक्ष कालाखेतीले भन्नुभयो, “त्यसैले यस वर्षदेखि मासीक रुपमा उहाँहरुको वैंक खातामै जानेगरी तलव भत्ता दिनेछौँ “।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*