विमानस्थलको निरिक्षणमा गृहमन्त्री श्रेष्ठ पुगे

हेटौंडा टुडे
५ श्रावण २०८०, शुक्रबार १३:२६

हटौंडा|  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षणमा निस्किएका छन् । श्रेष्ठसँगै प्रहरी प्रमुख (महानिरीक्षक) वसन्त कुँवर, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पनि निरीक्षणका लागि विमानस्थल पुगेका हुन् ।

श्रेष्ठसहितको टोलीले विमानस्थल भन्सार कार्यालय र अध्यागमनको आकस्मिक निरीक्षण गरीसकेको उनको सचिवालयले जनाएको छ । विमानस्थलबाट जाँचपास भएर ट्याक्सीमा लैजादै गर्दा राजस्व अनुसन्धान विभागले १ सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म १० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*