हेटौंडा/ प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले वृक्षरोपण तथा डष्टबिन वितरण कार्यक्रम आयोजना गरेको छ।
संघले शुक्रबार हेटौंडा १३ पदमपोखरीमा वृक्षारोपण तथा डष्टबिन वितरण कार्यक्रम आयोजना गरेको हो। संघले पदमपोखरीको बाडाचौर मिनि पार्कको सुन्दरता र सरसफाइ रहने बिश्वासमा नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेश प्रदेशसभा सदस्य माननीय ईन्द्रबहादुर बानियाँको सहयोगमा डष्टबिन वितरण गरि ५० भन्दा बढी बिरुवा रोपेको थियो।
नेपाली काँग्रेस मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामाको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै, नेविसंघ मकवानपुर जिल्ला उपाध्यक्ष शुसन रुम्बाको सभाध्यता रहेको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य राजकुमार वाईबा, हेटौंडा १३ नं. वडाध्यक्ष पेम्बा लामा, नेविसंघ जिल्ला सचीव सुनिल बोम्जन, नेविसंघ जिल्ला सदस्य शोहित ढकाल र विनोद थिङ लगायतको सहभागी थिए । कोइरालाको स्मृति दिवसको अवसर पारेर संघले शनिबार बिहान उनको सम्झनामा मकवानपुरगढी ४ स्थित मनकामना सामुदायिक बनमा वृक्षारोपण कार्यक्रम आयोजना गर्दैछ । त्यस्तै, संघले शनिबार बेलुका उनको सम्झनामा हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछ । साउन ६ गते वीपी कोइरालाको देहावसान भएको थियो ।
उनको योगदानको स्मरणमा कांग्रेसले प्रत्यक बर्ष साउन ६ गते वीपीलाई विभिन्न कार्यक्रम गरेर स्मरण गर्ने गर्छ । साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् ।