हेटौडा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाईदैछ । ४५ औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो ।
दिवसको अवसरमा विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ संगठनले विभिन्न कार्यक्रम गर्दैछन् । वि।सं। १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मिएका पुष्पलालले वि।सं। २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए ।
तर नेपालका कम्युनिष्ट पार्टी विभाजित हुँदा उनको लक्ष्य पूरा हुन नसकेको गुनासो छ ।
सेयर गर्नुहोस्