हेटौडा। त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु छन् ।
भन्सार कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, खरिदार जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरू सुदर्शन गौतम, यादव पराजुली र रुकमिना सुब्बालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
असार ३० गते ‘रेडी ट्रेड्स’ले हङकङबाट ल्याएको सुन साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयबाट भन्सार जाँचपास भएर बाहिरिने क्रममा विभागले सिनामंगलबाट बरामद गरेको थियो ।
सेयर गर्नुहोस्