हेटौंडा । लुम्बिनी प्रदेशसभाको बैठक आज मंगलबार बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । सोमबार बैठक बस्ने सूचना जारी भएपनि विशेष कारणले बैठक स्थगीत थियो । बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्ने छन् । छलफलमा उठेका प्रश्नको मुख्य मन्त्री चौधरीले जवाफ दिने र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा सभामुख तुलाराम घर्तीले विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर सम्बन्धी जानकारी गराउने कार्यसूची रहेको छ। बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समय समेत रहने छ ।
सेयर गर्नुहोस्