सुनचाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
१४ श्रावण २०८०, आईतवार ११:४१

हेटौँडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा नौ सय रुपैयाँले घटेको सुन आज तोलामा तीन सय रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी शुक्रबार तोलामा १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँले बढेर आज तोलामा १४ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image