
हेटौडा । पाँच बर्षीया नाबालिकालाई बलात्कार गरी ढुङ्गाले किचेर हत्या गरको २० बर्षपछि एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिका बलात्कार गरी ढुङ्गाले किचेर हत्या गर्ने हेटौंडा उपमहानगरपालिका वडा नं ११ सिमलटार बस्ने ४५ बर्षीय सोम बहादुर राईलाक्षर्् प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले राईलाई श्रावण १३ गते शनिबार ललितपुरको गोदावरी नगरपालिका वडा नं १४ बाट पक्राउ गरिएको गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
उनका अनुसार राईले विंसं २०६० असोज १८ गते हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित राप्ती खोलामा बलत्कार गरी ढुङ्गाले किचेर हत्या गरेका थिए । त्यसको भोली पल्ट नाबालिका मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । राईलाई जिल्ला अदालत मकवापनुरबाट ६ दिनको म्याद गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान प्रक्रिया अगाडी बढाईए प्रहरीले जनाएको छ ।

