उकालो लाग्दै सुनको मूल्य

हेटौंडा टुडे
१६ श्रावण २०८०, मंगलवार ११:३६

हेटौडा । नेपाली बजारमा आज मंगलबार सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image