मनहरी गाउँपालिकामा पनि सुरु डेङ्गु नियन्त्रण अभियान

हेटौंडा टुडे
१६ श्रावण २०८०, मंगलवार १६:१०

हेटौडा । मनहरी गाउँपालिकाले डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । गाउँपालिका भित्र रहेका ९ वटै वडाहरुमा डेङ्गु नियन्त्रणका लागि सरसफाई, पानीको खाल्डो पुर्ने, झाडी हटाउने अभियान थालेका मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनु भयो ।

डेङ्गु नियन्त्रणका पालिका भित्र रहेका संघ संस्थाहरु, टोल विकास, सहकारी, वन उपभोक्ता समिती लगायत सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम सुरु गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*