संवैधानिक परिषद्को बैठक बस्दै

हेटौंडा टुडे
१८ श्रावण २०८०, बिहीबार १२:३२

हेटौडा । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्ने बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ ।गत मंगलबार परिषद्को बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।

उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ । त्यसको एक महिनाअगाडि नै प्रधानन्यायाधीश सिफारिस गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image