एमालेको अवरोध, राष्ट्रिय सभा बैठक स्थगित

हेटौंडा टुडे
१८ श्रावण २०८०, बिहीबार १५:३८

हेटौडा। राष्ट्रिय सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भन्सारबाट सय किलो सुन बाहिरिएको प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग राखेर अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न भए पनि कानुनको दायरामा ल्याउन उच्चस्तरीय छानवीन समिति बनाउन सरकार तयार नभएसम्म संसद् अघि बढ्न नसक्ने स्पष्ट पारे । त्यसपछि अध्यक्ष गणेश तिमल्सिनाले बैठक साउन २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image