बागमती गाउँपालिका पहिरो अपडेट: बाबुछोरी मृत फेला

हेटौंडा टुडे
२४ श्रावण २०८०, बुधबार १२:१८

हेटौंडा । केहि दिन देखि आएको बर्षा सँगै  बाढी तथा पहिराले हिजो मंगलबार  बागमती गाउँपालिका–५ स्थित् सिक्रे दोभानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका मध्ये दुई जनाको शव फेला परेको छ । आज बिहान सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार २२ वर्षीया शिला पहरीको शव फेला परेको र ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको कपडा मात्र भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले कपडा फेला पारे संगै केहि समयको खोजि कार्य मार्फत ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको पनि शव पनि भेटिएको स्थानिय प्रत्यक्षदर्शिले हेटांैडा टुडेलाई बताएका छन । यो सँगै पहिरोमा परेर मृत्यु हुने अक्कलबहादुर स्याङ्तान, उनकी छोरी र अक्कलबहादुरको श्रीमती ५५ वर्षीया सन्त स्याङतान सहित मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

सोही पहिरोमा परेका सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने हिजो साँझ जीवितै उद्धार गरिएको थियो । घिसिङको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

सोही पहिरामा परेर ३ जना अझै हराइरहेका छन् । बेपत्ता हुनेमा अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी छन् । प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*