हेटौंडा । हेटौंडाको चुरेहिल अस्पताल र चितवन मेडिकल कलेज मर्ज हुने भएको छ ।
हिजो शनिबार चुरेहिल अस्पतालको आठौं साधारणसभाले चितवन मेडिकल कलेजसँग मर्ज हुने निर्णय गरेको छ । चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिशचन्द्र न्यौपानको उपस्थितिमा भएको साधारणसभाले विस्तृत सम्झौतामा आगामी भदौ ७ गते हस्ताक्षर गरिने निर्णय गरेको चुरेहिल अस्पतालका प्रबन्धक नारायणलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
मर्जपछि २५ बेडको चुरेहिल अस्पताललाई एक सय बेडमा विस्तार गरी विशेषज्ञ सेवाहरु पनि विस्तार गरिने प्रबन्धक श्रेष्ठले बताउनुभयो । एक सय बेडमा विस्तार गरेसँगै चुरेहिल अस्पतालमा नर्सिङ विषयको पठनपाठन गर्ने योजना पनि रहेको उहाँले बताउनुभयो ।
सेयर गर्नुहोस्