हेटौडा । यति खेर मकवानपुरगढीका किसानहरुलाई कोदो रोपेर भ्याइ-नभ्याइ भइरहेको छ। मकवानपुरगढी गाउँपालिका वडा नं. ४ कालीखोला क्षेत्रमा कोदोको रोपाई शुरूवात भएका छन । कृषकहरूले मकै भाँचे पश्चात जग्गा तयारी गर्दै कोदो रोपिरहेका छन ।
स्थानीय कृषक कुमारी लामाले गत वर्ष १० कठ्ठामा कोदो रोपेकोमा त्यहाँबाट ६ क्वीन्टल उत्पादन भएकोमा घरमै प्रयोग भइ बचेको साढे चार क्वीन्टल कोदो बिक्री गरेको बताउनुभयो । उहाँले यस वर्ष पनि १० कठ्ठामा नै कोदो रोपिरहनु भएको छ । कृषकहरूले मकै भाँचे पश्चात जग्गा तयारी गर्दै कोदो रोपिरहेका छन । स्थानीय कृषक कुमारी लामाले गत वर्ष १० कठ्ठामा कोदो रोपेकोमा त्यहाँबाट ६ क्वीन्टल उत्पादन भएकोमा घरमै प्रयोग भइ बचेको साढे चार क्वीन्टल कोदो बिक्री गरेको बताउनुभयो । उहाँले यस वर्ष पनि १० कठ्ठामा नै कोदो रोपिरहनु भएको छ । कृषक सुकुम बहादुर घलानले यो वर्ष १ बिघा १० कठ्ठा जग्गामा कोदो लगाउने योजना बनाउनु भएकोमा करिब ८ कठ्ठामा रोपिसकेको र बाँकी जग्गामा रोप्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
यस भेगका अधिकांश कृषकहरूले मकैबाली पछि कोदो खेती गर्दै आइरहेका छन । यस क्षेत्रका कृषकहरूले उत्पादन गरेको कोदो अपाङ तथा विपन्न कृषि सहकारी संस्थाले विगत ३ वर्ष देखि गाउँपालिकाले तोकेको मूल्यमा खरिद गर्दै आइरहेको छ । कृषकहरुबाट खरिद गरि संकलन, भण्डारण गरेका कोदो सहकारी संस्थाले कालीखोला ब्रान्डको कोदो पिठो प्याकेजिङ गरि बजारमा ल्याएको छ । त्यसका लागि मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाले सहयोग गरेको शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । अहिले पनि सहकारी संस्थामा करिब ४ मेट्रीकटन कोदो स्टकमा रहेको सहकारीका अध्यक्ष दिल बहादुर योञ्जनले जानकारी दिनुभयो ।