रास्वपाका सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

हेटौंडा टुडे
३१ श्रावण २०८०, बुधबार १३:५३

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ ।
पार्टी कार्यालय वनस्थलीमा भएको भेटघाटमा नेपाल र चीनका आपसी चासो, मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकास लगायतका विषयहरूमा छलफल भएको थियो । भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराएका थिए ।
भेटघाट कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image