हेटौँडा । मकवानपुरको राक्सिराङमा पर्ने रेउती खोलाको किनारमा एक व्यक्तिको शव फेला परेको छ । राक्सिराङको वडा नम्बर ७ काँकडा र चितवनको राप्ति नगरपालिकाको सिमा भएर बग्ने रेउती खोलाको किनारमा चितवनको राप्ति नगरपालिका वडा नम्बर १२ दुङथली बस्ने वर्ष ४८ बर्षीय धनकाजी प्रजाको शव फेला परेको मकवानपु प्रहरीले जनाएको छ ।
दिदी भिनाजुका घर जान भनि हिडेका रहेछन् । सायद खोला तर्न खोज्दा खोलामा आएको भेलले बगाएको हुनुपर्छ राक्सिराङ वडा नम्बर ७ का वडाअध्यक्ष रामबहादुर प्रजाले बताएका छन् । घटनास्थल चितवन प्रहरीको क्षेत्रमा पर्ने भएकोले इलाका प्रहरी कार्यालय भण्डारको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेको बुझिएको छ । शव खोला किनारमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सेयर गर्नुहोस्