आरम्भ कलेजले होटल म्यानेजमेन्टका विद्यार्थीलाई सम्पूर्ण कोर्षमा एक लाख छुट दिने

हेटौंडा टुडे
४ भाद्र २०८०, सोमबार २२:४९

हेटौडा । स्नातक तह अध्ययन गर्ने होटल म्यानेजमेन्टका विद्यार्थीलाई सम्र्पुण कोर्षमा लाग्ने शुल्कमा एक लाख छुट दिने भएको छ । चितवनको भरतपुरमा पहिलो पटक सञ्चालित आरम्भ कलेजले प्रत्येक विद्यार्थीलाई छुट दिने भएको हो ।

सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्याम्पस प्रमुख सुरज शिवाकोटीले कलेजको स्थापना भए सँगै चितवन, मकवानपुर, नवलपुरका विद्यार्थीले उच्च शिक्षाका लागि काठमाडौँ धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने गरी कलेज सञ्चालनमा ल्याएको बताए । उनले ४ वर्षे अध्ययन पछि विद्यार्थीलाई युरोपियन देशहरुमा रोजगारका लागि सहज वातावरण सिर्जना गर्ने बताउँदै क्याम्पस प्रमुख शिवाकोटीले भनेः हाम्रो पढ्दै कमाउँदै योजना छ सोही अनुरुप दिउँसो काम गर्ने वातावरण बनाउने छौं ।

उनले लामो समय कलेज सञ्चालनको अनुभव गरेका व्यक्तीको टिमबाट सञ्चालन गरिएको कलेजमा पहिलो वर्षमा भर्ना भएका प्रत्येक विद्यार्थीलाई १ र १ लाख बराबरको छात्रवृत्ति समेत प्रदान गरिने शिवाकोटीले बताए । सात लाख ५० हजारको प्याकेज हो हामी विद्यार्थीलाई प्याकेजमा एक लाख छात्रवृति दिन्छौं, शिवाकोटीले भने ।

१३२ जनाको सिट रहेकाले सुरुमा भर्ना गर्ने १५ जनालाई पनि छुट्टै छुटको व्यवस्था रहेको बताएका छन् । देशकै जेठो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा ब्याचलर इन होटल म्यानेजमेन्ट र ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट अध्यापन हुने कलेजले जनाएको छ । १२ कठ्ठा क्षेत्रफलमा रहेको कलेजमा बास्केटबल कोर्ट, फुटसल,पौडी पोखरी र सभाहल रहनुका साथै सबै कक्षा कोठामा एसी जडान गरिएको जनाइएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*