हेटौडा । नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शितल निवासमा बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ ।राष्ट्रपतिले संविधानविपरीत अनावश्यक सक्रियता देखाएर बैठक बोलाएका कारण नजाने भन्दै जारी बैठकमा एमाले अनुपस्थित भएको हो । बैठकमा एमालेबाहेकका दलहरू सहभागी छन् ।बैठक आह्वान गर्ने अधिकार राष्ट्रपतिलाई नभएको र यस विषयमा आफूहरूले सरकारसँगै छलफल गरिररहेका कारण आफूहरू उक्त बैठकमा सहभागी नभएको एमाले सचेतक महेश बर्तौलाले बताए ।
सेयर गर्नुहोस्