चिनीको निर्यातमा प्रतिबन्ध लगाउँदै भारत

हेटौंडा टुडे
७ भाद्र २०८०, बिहीबार १०:३७

हेटौडा । भारतले चिनीको निर्यातमा पनि रोक लगाउने तयारी गरिरहेको छ। भारतमा अक्टोबरबाट उखु काट्ने सिजन सुरु हुन्छ। तर, भारतका अधिकारीहरुले वर्षाका कारण उखु उत्पादन घटेकोले सरकारले चिनी निर्यातमा रोक लगाउन सक्ने रोयटर्सलाई बताएका छन्।

चिनी उत्पादन कम हुने अनुमानका साथ घरेलु बजारमा मूल्य नियन्त्रण गर्न भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउन सक्ने अधिकारीहरुको भनाइ छ। यदि भारतले निर्यातमा प्रतिबन्ध लगाएमा विश्व बजारमा चिनीको मूल्य बढ्न सक्ने उनीहरुको अनुमान छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image