विद्यार्थीले नाम, थर, उमेर, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, नागरिकता तथा जात सच्याउन पाउने

हेटौंडा टुडे
७ भाद्र २०८०, बिहीबार १२:२८

हेटौडा । अब देखि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थर लगायत विवरणहरु यदि  फरक- फरक  समस्यामा परेका विद्यार्थीका लागि अब सहज हुने  भएको छ ।

सरकारले यस सम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ ।

हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने तेस्रो संशोधन नियम, २०८० संशोधन गरेको हो ।

संशोधनअनुसार अब यस अघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ ।

यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान रहेको थियो । यसलाई पाँच वर्ष बनाइएको छ ।

तर, पाँच वर्ष नाघेकाको हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ ।

नया पत्रिकाबाट साभार 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image