डढेलो पछि मक्रान्चुली रानी वनमा मृगसंगै जनावरहरू देखिन थाल्य

हेटौंडा टुडे
७ भाद्र २०८०, बिहीबार १८:२७

हेटौडा ।  यति खेर तपाई मकवानपुरगढी गाउँपलिका वडा नम्बर – २,३,४ आसपासमा जानु भयो भने मानिसको बस्ति संगै त्यहाका नजिकको जंगलमा मृग चरिरहेको देख्न सक्नु हुनेछ । बिषेसगरि मकवानपुरगढी –  ३ मक्रन्चुलीमा मानिसको बस्तिहरुमा मृगको प्रवेशले अहिले तरकारी लगाएतका बालीहरु मृगले सखाप पर्न थालेका स्थानीय बासिन्दाले बताए ।  मक्रान्चुलीको बस्ति नजिकै रहेको रानी सामुदायिक वनका जंगलमा अहिले बाख्राका बथान सरि मृगहरू लगाएत वन कुखुरा , कालिज , मयुर ,सालक , बदेल  देखिन थाल्यका छन् । करिब चार पाच महिना अगाडी रानी सामुदायिक वनमा लागेको डढेलोका कारण बिस्थापित भएका जनावरहरु बर्षातको समयमा अहिले जंगल आएको घासका पालुवाहरू खानको लागि जंगली जनावरहरु फेरी रानि सामुदायिक बन तर्फ फर्किन थालेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित रहेको रानी वनमा अवलोकन गर्न  धेरै मानिस आउने गरेका छन्। विश्वमै लोपन्मुख अवस्थामा पुगेको सालक संरक्षणमा अब्बल मानिएको यो वनमा मृग  मयूर, कालिज, सुगा, लुइचे, वन कुखुरा, ढुकुर  निगाले चितुवा, बादर, ढेडुँ, स्याल, वन विरालो  लगायतका प्रजातिका चराचुरुङ्गी तथा जनावरहरु प्रसस्तै पाइन्छ । कुरिलो, झ्याउ, सर्पगन्धा, पारिजात, राजवृक्ष, चिराइतो, सुगन्धकोकिला जस्ता जङ्गली जडिबुटीहरुको पनि यो समूहले संरक्षण गर्दै आइरहेको छ । साल, साज, चिलाउने, चाँप, बोटधाइरो, मसला, सिसौ, बकाइनो, भोर्ला, खमारी, चिउरी, अमृसो र चिराइतो लगायतका बनस्थपती पनि यहाँ पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image