चार जना बाट सुरु टनेल खेतिबाट बुढीचौरमा तिन महिनामा डेढ करोडको टमाटर निर्यात

हेटौंडा टुडे
८ भाद्र २०८०, शुक्रबार ०७:४२
Featured Video Play Icon

हेटौडा । बुढीचौरमा चार जना बाट सुरु टनेल खेतिबाट आज सिंगो गाउँने टनेलमय भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८, बुढीचौरका स्थानीयबासीहरु प्राय गरि अहिले सबै जसो ब्यवसायिक तरकारी खेती र पशुपालन ब्यबसयिकता तर्फ अग्रसर देखिएको छन ।

जेठ महिनादेखि साउन महिनाको अन्तिम दिन सम्म हेर्ने हो भने यो तीन महिनाको अवधिमा गोलभेँडा र अन्य तरकारी गरी डेढ करोड रुपैँया बराबरको तरकारी बुढीचौरबाट निर्यात भएको एकता स्वाबलम्बन कृषि सहकारी संस्थाका व्यवस्थापक गुञ्जरत्न लुङ्वाले जानकारी दिए ।

यस वडा पालिकाको अन्य वडा भन्दा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, जैविक विविधतायुक्त र कृषि विकासको निकै सम्भावना बोकेको वडा हो । यस वडाका करिब ९० प्रतिशत बासिन्दाले कृषि पेशालाई आफ्नो मुख्य पेशा बनाइ जीविकोपार्जन गरिरहेका कृषि बिकास साखा प्रमुख चद्रकान्त चौधरिले बताए ।

बिगत १० वर्ष देखि यस ठाउमा स्थानियाबासीहरुले बढी जसो टमाटर खेति संगै अन्य तरकारी खेति तर्फ अग्रसर देखिएका छन् । टमाटर संगै यहाँ काउली, बन्दा, रायोसाग, अकबरे खुर्सानी, काँक्रो, धनियाँ, केराउ र स्कुस टिमुर , लगायतका तरकारीहरू उत्पादन गर्दै आएका छन् ।

सुरुमा जिबन कुमार दोंग , दिपक कुमार कार्की , अजय योन्जन र गुन्जन लुम्बाबाट गरि यी चार जना बाट सुरु गरेको टनेल तथा तरकारी खेतिले आज सिंगो ८ नम्बर वडा बुढीचौर नै टनेल खेतीले सिंगो गाउ नै सेताम्बे देखिन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*