मकवानपुरगढीमा उत्पादित रैथाने कृषि सामाग्रीहरुको हाट शनिवार काठमाडौं हुने

हेटौंडा टुडे
८ भाद्र २०८०, शुक्रबार ११:३६

हेटौडा । मकवानपुरगढीमा उत्पादित रैथाने कृषि सामाग्रीहरुको हाट शनिवार काठमाडौं हुने हुन लागेको छ । मकवानपुरगढीमा उत्पादन भएका रैथाने कृषि बालि तथा स्थानिय स्तरमा उत्पादन भएको बास , बेद ,निगालो जस्ता सामाग्रिहरुबाट बनेका हस्तकला  सामाग्रीहरुको भोलि शनिवार काठमाडौंमा हाट बजार लाग्ने भएको छ ।

हाट बजारमा बिषेस गरि भर्खरै मात्र बजारीकरण भएको कालीखोला कोदो पिठोले बिषेस महत्व पाउने छ भने मकवानपुरगढीमा उत्पादित स्थानीय एवम् रैथानेबालीहरु र बाँसबाट निर्मित डस्टविन, क्रेट, फाइल ट्रे लगाएत हस्तकला सामाग्रीहर समेतको मेलामा मकवानपुरगढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

भोलि हुने कृषि सामाग्रीहरुको हाट मेलामा स्थानीय उत्पादनको प्रवर्द्धन संगै किसानहरुलाई अझै बढी प्रेरित गर्न लक्ष्यले आफु स्वयम कार्यक्रममा उपस्थित हुन लागेको गाउँपालिका अध्यक्ष् दोर्जे लामा स्याङतानले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image