बागमती प्रदेशमा सवारी भाडा बढ्यो

हेटौंडा टुडे
८ भाद्र २०८०, शुक्रबार १८:३०

हेटौंडा । बागमती प्रदेशले इन्धनमा मूल्यवृद्धि भएसँगै सवारी भाडा समायोजन गरेको छ । भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको हो।

बिहिबार प्रकाशित प्रदेशको राजपत्र अनुसार काठमाडौं–बल्खु– दक्षिणकाली–हेटौंडासम्मको भाडा ६४२ रुपैयाँ कायम भएको छ। त्यस्तै काठमाडौं–नारायणगढ–हेटौंडासम्मको भाडा ६५५ रुपैयाँ कायम गरिएको राजपत्रमा उल्लेख छ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र गुड्न सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रुपैयाँ बढाएर १९ पुर्‍याइएको छ । उपत्यकामा १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।

ट्याक्सी भाडा पनि बढेको छ।बागमती प्रदेशको राजपत्र अनुसार सुरू फ्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम छ।

प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको पनि भाडा बढेको छ। काठमाडौं–नारायणगढको बस भाडा ४३३ रुपैयाँ कायम भएको छ। १४६ किलोमिटर दुरीको काठमाडौं–नारायणगढमा यसअघि ४२१ रुपैयाँ भाडा थियो।

काठमाडौं–पनौतीसम्मको भाडा ९२ रुपैयाँ कायम गरिएको छ। काठमाडौं–बाह्रबिसेसम्मको भाडा ३०३ रुपैयाँ कायम भएको छ। नारायणगढ–धादिङबेसीसम्मको भाडा ३०६ रुपैयाँ कायम भएको छ। काठमाडौं–जिरीसम्मको भाडा १ हजार ३८ रुपैयाँ कायम भएको छ।

काठमाडौं–धुलिखेल–खुर्कोट–मन्थली–तामाकोशी–जिरीको भाडा १ हजार ३८ कायम गरिएको छ । काठमाडौं–धुलिखेल–खुर्कोट–मन्थली–तामाकोशी–चरीकोटको भाडा ९११ कायम भएको छ । यद्दपी विद्युतीय सवारीसाधनको हकमा २०७९ बैशाख १ गतेदेखि लागु भएको भाडादर लागु हुने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*