मकवानपुरमा थप १२ जनामा डेंगू संक्रमण

हेटौंडा टुडे
८ भाद्र २०८०, शुक्रबार १८:४९

हेटौडा । मकवानपुरमा थप १२ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामो पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, आज थपिएसँगै जिल्लामा डेंगू संक्रमितको कूल संख्या २४८ पुगेको छ । उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो ।जिल्लामा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ १७२ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकाका २ जना, बागमती गाउँपालिकाका १२ जना, मनहरी गाउँपालिकाका ९ जना, भीमफेदी गाउँपालिकाका ५ जना, बकैया गाउँपालिकाका ५ जना र राक्सिराङ गाउँपालिकाका १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जनामा र अन्य जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।यस्तै, जिल्लामा डेंगू संक्रमणका कारण साउन १ गतेदेखि हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका एक जना पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*