असोज १ गते हेटौंडा एफएमको तीज गित महोत्सब हुने

हेटौंडा टुडे
१७ भाद्र २०८०, आईतवार ११:३१

हेटौडा । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सन्चालित पहिलो र एकमात्र स्याटेलाईट टेलिभिजन नेशनल गोल्ड टेलिभिजन र मकवानपुरकै पुरानो रेडियो स्टेसन हेटौंडा एफएमको तीज गित महोत्सब हुने भएको छ। हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बिगतमा जस्तै यो वर्ष पनि तीजगित महोत्सबलाई निरन्तरता दिन थालिएको मकवानपुर मिडिया प्रा.ली.का अध्यक्ष उज्ज्वल चौँलागाईले जानकारी दिनुभयो । आगामी असोज १ गते हरितालिका तीजकोे दिन हेटौँडा ४ स्थित पशुपती मन्दिर परिसरमा महोत्सव हुने चौलागाईले बताउनुभयो । १५औँ महोत्सवको रुपमा यस बर्षपनि महोत्सवलाई निरन्तरता दिन लागिएको उहाँको भनाई छ। हेटौडा एफ एमले स्थापना कालदेखी अयोजना गर्दै आएको तीजगित महोत्सबलाई विगतको वर्षदेखी हेटौँडा एफ एम र नेशनल गोल्ड टेलिभिजनले संयुृक्त रुपमा आयोजना गर्दै आएका छन् ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा तिज गीत प्रतियोगीता हुने छ भने महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।मौलिकता तथा परम्परा जर्गेना गर्ने साथै हरितालिका तिजको अवसर पारेर गाउँ गाउँमा लुकेर बसेका प्रतिभावान नारिहरुको प्रतिभालाई प्रस्तुत गर्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको चौलागाईको भनाई छ।प्रतियोगितामा प्रथम हुने गायन समुहलाई नगद १५ हजार तथा प्रमाणपत्र, दोश्रो हुनेलाई नगद १० हजार र तेश्रोलाई नगद ५ हजार तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट नृत्य गर्ने एक जनालाई चादीँको पाउजु उपहार दिईने छ । प्रतियोगितामा निःशुल्क नाम दर्ता गराउने व्यवस्था मिलाइएको छ । प्रतियोगितामा सहभागि हुन तीज भाकामा समूह गायन हुनु पर्ने तथा वाद्य वादनको व्यवस्था एफएमले मिलाउने जानकारी दिइएको छ ।यस पटक पनि पुर्ण शाक्य सुनचाँदी पसलले तीज गित महोत्सवको मुख्य प्रायोजन गर्ने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*