
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजिनामा दिएका छन् । सामजिक सञ्जाल फेसबुक मार्फत काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजिनामा पेश गरेको तस्बिर सार्वजनिक गर्दै काफ्लेले राजिनामा दिएकोा जानकारी गराएका हुन् । राजिनामाको कारण पार्टीको काम गर्न समय नपुगेको उल्लेख गरिएको भएपनि उनको राजिनामाको कारण भने संसदीय दलका नेता लामा संगको संवन्धमा आएको समस्याको कारण रहेको श्रोतको दाबी रहेको छ ।
राजिनामा दिएको तस्बिर राख्दै प्रमुख सचेतकको भूमिकाले पार्टी संगठनको काममा समय दिन नसकेको जसको कारण दोलखेली जनसेवामा समय अभाव महशुस भएको उल्लेख गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्यको रुपमा रहेको र दोलखाको जनताको सेवामा थप समर्पित हुनको लागि उनले प्रमुख सचेतकबाट राजिनामा दिएको उनले बताएका छन् । बागमती प्रदेशको मुख्यमन्त्रीमानै दाबी गरेका काफ्लेले लामालाई दलको नेता बनाउन सहयोग गरेका थिए । तर लामाले दलको नेता भएपछि काफ्लेलाई मन्त्रीमण्डलमा समेत सहभागि नगराएपछि उनि चिढिएको बताईन्छ ।

