कांग्रेस नेता महतले बुझाए कोइरालालाई ज्ञापन पत्र

हेटौंडा टुडे
२४ भाद्र २०८०, आईतवार १६:१९

हेटौडा । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पार्टी वरिष्ठ नेता शेखर कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् । पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न जरुरी रहेको औंल्याउँदै युवा नेता महतले हेटौंडा–२ स्थित पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । अहिले पार्टी एजेण्डाविहीन अवस्थामा रहेको देखिन्छ । जसको कारणले गर्दा नेताहरुको भनाइ बाझिएको छ । त्यसकारण अब एउटै दृष्टिकोण कांग्रेसभित्र आवश्यक छ । ज्ञपान पत्रमा भनिएको छ । महतले पार्टीभित्र आफ्न्तबाद हावी भएको बताए । अहिले पार्टीभित्र आफ्न्त र आसेपासेले मात्र अवसर पाइरहेका छन् । जुन गलत हो । अब योग्यता, क्षमता र लगानीको आधारमा अवसर दिनुपर्छ । महतले भने ।

उनले पार्टीका भातृ तथा शुभेच्छुक संगठनलाई वैधानिकतारुपमा गठन गरी चलायमान गरी अगाडि बढाउन जरुरी रहेको औंल्याएक । ‘भातृ तथा शुभेच्छुक संगठनलाई वैधानिकतारुपमा गठन भएपछि संगठन निर्माण दरिलो रुपमा अगाडि बढ्नेछ । ज्ञापनपत्रमा भनिएको छ क्रियाशील वितरण प्रक्रियालाई परिवर्तन गर्नु अहिलेको प्रमुख आवश्यकता हो । वीपीको विचार पार्टीमा लागू गर्दै आगमी निर्वाचनमा गठबन्धन गर्न नहुने नेता महतको तर्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*