हेटौडा । कारोबार हुने साताको चौथो दिन सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य तोलमा आठ सय रुपैयाँले घटेको छ भने चाँदीमा प्रतितोला १५ रुपैयाँको गिरावट आएको छ। यो सँगै बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य १ लाख १० हजार ८५० रुपैयाँ कायम भएको छ।यस्तै मंगलबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा किनबेच भएको चाँदी बुधबार १ हजार ३९० रुपैयाँमा कारोबार हुनेछ।
सेयर गर्नुहोस्