हेटौंडा। हेटौंडाबाट प्रहरीले अवैध लागूऔषधसहित बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ३० केजीसहित दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा चितवनको भरतपुर महानगरपालिका–२४ बस्ने ३३ वर्षीय संगम गुरूङ र बाराको सुवर्ण गाउँपालिका–२ कबहिगोठ बस्ने १५ वर्षीय किशोर रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार, हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना।१ ज ३६७७ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सिटमुनी ४ वटा पोकामा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला परेपछि सुमो चालक संगम र सुमोमा सवार किशोरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।