सन्चो हस्पिटल भित्रै दुईजना डाक्टरमाथि कुटपिट

हेटौंडा टुडे
२७ भाद्र २०८०, बुधबार २३:०५

हेटौंडा । हेटौंडाको १ मा ।हेको सन्चो हस्पिटलमा २ जना चिकित्सक माथि कुटपिट भएको छ । आज बुधबार सञ्चो हस्पिटलमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको हो । हेटौँडा पदमपोखरीका केहि युवाहरुको समूहले अस्पताल भित्र छिरेर दुईजना डाक्टरमाथि कुटपिट गरेका हुन् ।

एक महिनाअघि सञ्चो हस्पिटलमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उक्त समूहले चिकित्सकमाथि कुटपिट गरेको हो । सोही विषयलाई लिएर आफन्तहरुले डाक्टरमाथि आमक्रण गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image