हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा पत्रकार भएको व्यवहारप्रति नेपाल पत्रकार महासंघ मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ । महासंघ अध्यक्ष मणिराज गौतमद्वारा जारी विज्ञप्तिमा पत्रकार सम्मेलन स्थलमा बाहिरी मान्छे प्रवेश गराई असुरक्षित वातावरण बनाएको र दुर्व्यवहार भएको प्रति ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा गाउँपालिकाले पत्रकारहरूलाई सुरक्षा दिन नसक्नु गैर जिम्मेवारीपन भएको बताउँदै गाउँपालिकालाई पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको प्रतिवद्धता तत्काल जाहेर गर्न माग गरिएको छ ।
शनिबार मनहरी गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेका सञ्चारकर्मीहरुलाई हलमा बन्द गरेर पत्रकार सम्मेलन गरेको बिषयमा महासंघले विरोध जनाएको हो । शनिबार मनहरी गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेका सञ्चारकर्मीहरुलाई हलमा बन्द गरेर पत्रकार सम्मेलन गरेको बिषयमा महासंघले विरोध जनाएको हो ।