दाहाल आचार संहिता पुरस्कारबाट पुरस्कृत

हेटौंडा टुडे
६ आश्विन २०८०, शनिबार २१:४३

हेटौंडा । प्रेश काउन्सिल आचार संहिता पुरस्कार २०८० बाट मकवानपुरका अग्रज पत्रकार राममणी दाहाल पुरस्कृत भएका छन् ।
प्रेस काउन्सिल नेपालले प्रदान गर्दै आएको यो पुरस्कार नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष र गोरखपत्र राष्ट्रिय दैनिकका मकवानपुर सम्बाददाता दाहाललाई शनिवार राष्ट्रपति कार्यलय शितल निवामा भएको कार्यक्रमका बिच पुरस्कृत गरिएको हो ।
प्रेस काउन्सिल नेपालले ५४ औं वार्षिकोत्सवको अवसरमा दाहलसँगै यस पुरस्कारबाट कञ्चनपुरका माधवसिंह धामी, र काभ्रेबाट प्रकाशित हुने चेष्टा साप्ताहिकलाई पुरस्कृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image