बालजागृतिमा विज्ञान र कारखाना किड्सको प्रदर्शनी

हेटौंडा टुडे
८ आश्विन २०८०, सोमबार १६:२२

हेटौंडा । बालजागृति बोडिङ स्कुल हेटौंडा –२ को आयोजनामा आज बिद्यालय परिषर भित्र ज्ञान र कारखाना किड्सको प्रदर्शनी गरिएको छ ।बिद्यार्थीले आफुले तयार पारेका सामाग्रीहरुको प्रयोगात्मक समेत गरेर देखाउँदै प्रदर्शनीमा राखेका थिए । बिद्यार्थीको ज्ञान सिप,र क्षमतालाई समुहगत कार्यबाट काम गर्नका लागि प्रोत्साहित गर्ने उदेस्यले यो प्रदर्शनी गरिएको बिद्यालयका प्रिन्सीपन बिनोद सुवेदीले जानकारी दिनुभयो । बालबालिकाहरुका लागि अवसर प्रदान गरेर पढाइ र प्रयोगात्मक सिकाइलाई संगसंगै लैजानका लागि यस्तो कार्यले सहयोग पुगेको सुवेदीले बताउनुभयो । बिद्यालयका कक्षा ६, ७ र ८ मा अध्ययनरत ३६८ जना बिद्यार्थीलेहरुले बिद्यालयको परिषर भित्र ९२ वटा फरक फरक प्रकारका  प्रदर्शनीमा सामाग्रीहरु राखेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*