हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं-१६ शक्तिश्वरबाट ३८ दशमलव २५ क्यु फिट सालको चिरान काठसहित तीन पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय ५५ बर्षीय बाल कृष्ण चौलागाई, ३८ बर्षीय नेत्र बहादुर मगर र ५३ बर्षीय धन बहादुर पुलामी रहेका छन् । अस्थानी प्रहरी पोष्ट हटियाबाट खटिएको टोलीले मंगलबार दिउँसो पौने १ बजे बालकृष्णको घर नजिकै बारीमा काठ काटिरहेको अवस्थामा उनी सहित नेत्र र धन बहादुरलाई पक्राउ गरेको हो ।
बालकृष्णको घर नजिकै बारीबाट सालको चिरान काठ र गोलाई २५ दशमलव २८ क्यु फिट र उनको घरबाट १२ दशमलव ९७ क्यु फिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बरामद गरी उक्त काठ सहित तीनै जनालाई नियन्त्रणमा लिएर सब डिभिजन बन कार्यालय हर्नामाडी, मकवानपुरमा पठाईएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्