खाना पकाउने ग्यासमा २१५ सहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

हेटौंडा टुडे
१४ आश्विन २०८०, आईतवार १०:१७

हेटौंडा । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले शनिवार राति बाँट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाएको हो । निगमको संचालक समितिको बैठकले भारतबाट मूल्य बढेर आएकोले भाउ बढाएको जनाएको छ । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image